नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ सम्झनु पर्छ ।
(ख) “राष्ट्रिय समिति” भन्नाले नियम ३ बमोजिमको समिति सम्झनु पर्छ ।
(ग) “जिल्ला समिति” भन्नाले नियम ५ बमोजिमको समिति सम्झनु पर्छ ।
(घ) “मन्त्रालय” भन्नाले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय सम्झनु पर्छ ।