दफा २०
सुरक्षित भएको नमानिने
: दफा १९ मा जुनसुकै कुरा उल्लेख भएको भए तापनि देहायको निक्षेप सुरक्षित भएको मानिने छैन :-
(क) कम्पनी सम्बन्धी प्रचलित कानून बमोजिम सुरक्षित सदस्य संस्थाको पदाधिकारी मानिने प्राकृतिक व्यक्ति, विगत तीन वर्षदेखि सुरक्षित सदस्य संस्थाको लेखाको लेखापरीक्षण गर्दै आएको लेखापरीक्षक, सुरक्षित सदस्य संस्थाको संस्थापक वा पाँच प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व आफ्नै वा परिवारको नाममा रहेका शेयरवालाको नाममा निक्षेप खातामा जम्मा गरिएको निक्षेप रकम,
स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “परिवार” भन्नाले सगोलमा रहेका पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बाबु, आमा, सौतेनी आमा सम्झनु पर्छ र सो शब्दले आफूले पालन पोषण गर्नु पर्ने दाजु, भाइ, दिदी र बहिनी समेतलाई जनाउँछ ।
(ख) कुनै पनि व्यक्तिले कसूरजन्य क्रियाकलापबाट आर्जन गरेको रकम,
(ग) प्रचलित कानून बमोजिम वित्तीय लिक्विडेशन वा लिक्विडेशन वा इजाजतपत्र बदर गर्ने निर्णय गरेको दिन वा सो दिनभन्दा पछि प्राप्त भएको निक्षेप ।