दफा १५
सुरक्षित सदस्य संस्थाको सदस्यता प्राप्त गर्ने कार्यविधि तथा प्रक्रिया
: (१) नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त बैङ्क वा वित्तीय संस्थाले सुरक्षित सदस्य संस्थाको सदस्यता लिन तोकिए बमोजिमको शुल्क बुझाई कोषसमक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको निवेदन परेमा कोषले आवश्यक छानबिन गरी तोकिए बमोजिमको ढाँचामा सुरक्षित सदस्य संस्थाको सदस्यताको प्रमाणपत्र जारी गर्नेछ ।
(३) उपदफा (२) बमोजिमको सदस्यताको प्रमाणपत्र कसैलाई पनि हस्तान्तरण गर्न तथा कुनै पनि किसिमले परिवर्तन गर्न सकिने
छैन ।
(४) नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्रप्राप्त बैङ्क वा वित्तीय संस्थाले सुरक्षित सदस्य संस्थाको सदस्यताको प्रमाणपत्र प्राप्त गर्ने कार्यविधि तथा अन्य प्रक्रिया तोकिए बमोजिम हुनेछ ।