दफा २६
सूचना आदानप्रदान गर्न सक्ने
(१) वित्तीय जानकारी इकाईले आफ्नो कार्यसम्पादनको सिलसिलामा विभिन्न निकायमा प्रवाह गरेको र बिदेशी समकक्षी वा अन्य निकायसँग आदानप्रदान गरेको सूचनाको प्रयोग जुन प्रयोजनको लागि माग भएको हो सोही प्रयोजनको सीमामा रही गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम आदानप्रदान गरिएको सूचनाको सम्बन्धमा प्रचलित कानूनमा व्यवस्था भए बमोजिम गोपनीयता कायम गर्नु पर्नेछ।