दफा ३९
सैनिक विद्रोह (म्युटिनी)
देहायको कुनै कार्य गरेमा सैनिक विद्रोहको कसुर गरेकोमानिनेछ ः-
(क) सैनिक विद्रोहमा सरिक भएमा,
(ख) नेपाली सेना वा यसलाई सहयोग दिने कुनै बलको कुनै व्यक्तिसँग मिली सैनिक विद्रोह गरे गराएमा वा सो गर्न गराउन उत्तेजना फैलाएमा वा षडयन्त्र गरेमा,
(ग) सैनिक विद्रोह भएको स्थानमा आपूm उपस्थित भएको अवस्थामा सैनिक विद्रोहलाई सकेसम्म रोक्ने प्रयास नगरेमा,
(घ) सैनिक विद्रोह गर्ने मनसाय राखेको वा षडयन्त्र भइरहेको थाहा पाई वा सैनिक विद्रोह गर्ने मनसाय छ वा षडयन्त्र भइरहेकोछ भनी विश्वास गर्नु पर्ने मनासिब माफिकको कारण हुँदाहुँदै पनि आफ्नो कमाण्डिङ्ग अधिकृत वा आपूभन्दा माथिको अधिकृतलाई त्यसको खवर नदिएमा,
(ङ) देशभक्ति र आफ्नो कर्तव्य पालनबाट विचलित भएमा वा त्यस्ता व्यक्तिलाई देशभक्ति र आफ्नो कर्तव्य पालनबाट विचलित गराएमा वा विचलित गराउने दुरुत्साहन गरेमा ।