नियम ३९न
स्थानीय चक्लाबन्दी समिति गठन
(१) नेपाल सरकारले परिषद्को सिफारिशमा चक्लाबन्दी सम्बन्धी कार्यक्रम कार्यान्वयन गराउन आवश्यकता अनुसार जिल्लास्तरीय समिति गठन गर्न सक्नेछ । यसरी गठन हुने जिल्लास्तरीय समितिले आवश्यकता अनुसार कार्यक्रम संचालन गर्न गाउ“ तथा नगरस्तरीय समिति गठन गर्न सक्नेछ । (२) समितिको काम, कर्तव्य र अधिकार परिषद्ले निर्धारण गरे बमोजिम हुनेछ । (३) समितिको बैठक सम्बन्धी कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।