नियम १८८
स्थानीय निकायका पदाधिकारीको दैनिक तथा भ्रमण भत्ता
स्थानीय निकायका
पदाधिकारीले जिल्ला बाहिर भ्रमण गर्नुपर्दा अनुसूची–८१ बमोजिम दैनिक तथा भ्रमण
भत्ता र बास खर्च रकम पाउने छन् । जिल्ला भित्र भ्रमण गर्दा भने भ्रमण खर्चको
हकमा भ्रमण खर्चको बील अनुसारको रकम र दैनिक भत्ताको हकमा पा“च कोष भन्दा
बढी दुरीको ठाउ“मा गै वास बस्नु परेको अवस्थामा जिल्ला बाहिर भ्रमण गर्दा पाउने
दैनिक भत्ताको तीन चौथाई रकममा नबढ्ने गरी सम्बन्धित परिषद्ले स्वीकृत गरे
बमोजिमको दरमा दैनिक भत्ता पाउनेछन् ।