नियम २४
स्रोत उपयोग सम्बन्धमा उजूरी गर्न सक्ने

(१) कुनै स्रोतको उपयोगबाट कसैलाई मर्का पर्ने भएमा मर्का पर्ने व्यक्ति वा संगठित संस्थाले त्यसको कारण खुलाई स्रोत उपयोग
विवाद निवारण समिति समक्ष उजूरी गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम उजूरी परेमा स्रोत उपयोग विवाद निरुपण समितिले स्रोत उपयोग गर्ने परियोजनाको स्थलगत निरीक्षण गरी अन्य कुराहरुको अतिरिक्त देहायका विषयमा जानकारी लिनु पर्नेछ ः–
(क) परियोजनाको कुल लागत खर्च,
(ख) परियोजनाबाट लाभान्विन हुने उपभोक्ताहरुको संस्था,
(ग) परियोजना सम्बन्धमा स्थानीय समुदायको आवश्यकता र जन चाहना,
(घ) दैनिक उपयोग गरिने खानेपानीको परिमाण,
(ङ) परियोजना संचालन गर्दा अन्य व्यक्ति वा समुदायलाई पर्न गएको असर र उनीहरुको प्रतिकृया, र
(च) वातावरणमा पर्न जाने प्रतिकूल असर ।
(३) उपनियम (२) बमोजिमको जानकारी लिई सकेपछि स्रोत उपयोग विवाद निरुपण समितिले स्रोतको उपयोगको सम्बन्धमा परेको उजूरी छानविन गरी आवश्यक निर्णय गर्नेछ ।