दफा ३३
स्वतः निलम्बन हुनेः
(१) कुनै राष्ट्रसेवक दफा २८ को उपदफा (१):को खण्ड (ग), दफा ३० को उपदफा (३) तथा दफा ३१ बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा ३६ बमोजिम; मुद्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि अनुसन्धान अधिकारीले कुनै व्यक्ति उपर सजायको मागदाबी नलिई बिगो असुल वा सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी बनाई मुद्दा दायर गरेकोमा त्यस्तो व्यक्ति राष्ट्रसेवक भएमा त्यसरी मुद्दा दायर भएको कारणले मात्र निज निलम्बनमा रहने छैन।

(३) उपदफा (१) बमोजिम निलम्बनमा रहेको राष्ट्रसेवक उपर दायर भएको मुद्दामा सुरु.अदालतबाट कसूर ठहर भएको अवस्थामा निजले प्रचलित कानून बमोजिमको तलब वा कुनै सुविधा पाउने छैन।

(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो राष्ट्रसेवकले पुनरावेदन सुन्ने अदालतबाट कसूरमा सफाइ पाएमा उपदफा (१) बमोजिम निलम्बनमा रहेको अवधिको समेत प्रचलित कानून बमोजिम प्राप्त गर्ने तलब सुविधा पाउनेछ।