नियम ५
स्वार्थ बाझिने विषयमा निर्णयमा भाग लिन नहुने
(१) बोर्डको कार्यसूचीमा समावेश
भएको कुनै विषयमा छलफल वा निर्णय गर्दा त्यस्तो विषयमा कुनै सदस्यको निजी स्वार्थ
रहेको देखिएमा सम्बन्धित सदस्यले त्यस्तो विषयको छलफल र निर्णय गर्ने बैठकमा
उपस्थित हुन हँुदैन ।
(२) उपनियम (१) को प्रयोजनको लागि देहायको कुनै विषयमा छलफल वा
निर्णय गर्दा कुनै सदस्य वा निजको एकासगोलको परिवारका कुनै सदस्यको कुनै
किसिमको हक, हित, स्वार्थ वा सरोकार रहेमा त्यस्तो सदस्यको निजी स्वार्थ रहेको
मानिनेछः–
(क) लगानी छनौट वा सोसँग सम्बन्धित विषय,
(ख) लगानीको अनुमतिपत्र दिने विषय,
(ग) लगानीको अनुमतिपत्र रद्द गर्ने विषय,
(घ) परियोजनाको वातावरणीय प्रभाव अध्ययन वा प्रभाव मूल्याङ्कन
सम्बन्धी विषय,
(ङ) परियोजना कार्यान्वयनको अनुगमन सम्बन्धी विषय,
(च) परियोजना हस्तान्तरण वा हस्तान्तरण भएको परियोजनाको
सञ्चालन सम्बन्धी विषय,
(छ) परियोजनालाई दिईने थप सुविधा वा लगानीको संरक्षण सम्बन्धी
विषय,
(ज) ऐनको दफा ३ को खण्ड (झ) बमोजिमको सदस्यलाई हटाउने
सम्बन्धी विषय,
(झ) बोर्डबाट निर्णय हुने अन्य कुनै विषयमा कुनै किसिमले निजी
स्वार्थ रहेको विषय ।