नियम ३
स्वास्थ्य व्यवसायीहरूको तह र नाम दर्ताको लागि आवश्यक न्यूनतम योग्यता
(१)
स्वास्थ्य व्यवसायीलाई देहाय बमोजिमको तहमा वर्गीकरण गरिएको छ :-
(क) विशिष्ट तह,
(ख) प्रथम तह,
(ग) द्वितीय तह, र
(घ) तृतीय तह ।
(२) उपनियम (१) बमोजिम वर्गीकृत स्वास्थ्य व्यवसायीको रूपमा परिषद्मा नाम
दर्ता गर्नको लागि सम्बन्धित स्वास्थ्य व्यवसायीले परिषद्बाट मान्यता प्राप्त शिक्षण
संस्थाबाट देहाय बमोजिमको शैक्षिक योग्यता वा उपाधि वा तालिम प्राप्त गरेको हुनु
पर्नेछ ः-
(क) विशिष्ट तहको लागि सम्बन्धित विषयमा कम्तीमा स्नातकोत्तर
वा सो सरहको उपाधि प्राप्त गरेको,
(ख) प्रथम तहको लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक वा सो सरह उत्तिर्ण,
(ग) द्वितीय तहको लागि सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरह उत्तिर्ण,
(घ) तृतीय तहको लागि सम्बन्धित विषयमा कम्तीमा एक वर्षको
तालिम प्राप्त गरेको ।
स्पष्टीकरण :- यस नियमको प्रयोजनको लागि “मान्यता प्राप्त
शिक्षण संस्था” भन्नाले परिषद्ले तोकेको शिक्षण संस्था सम्झनु
पर्छ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ
हुँदाका बखत नेपाल सरकारको स्वास्थ्य सेवामा बहाल रहेका कर्मचारीहरूको हकमा
निजले सेवा प्रवेश गर्दाका बखत तोकिएको शैक्षिक योग्यता तथा उपाधि र सम्बन्धित
विषयको तालिमलाई यस नियमावली बमोजिम नाम दर्ता गर्ने प्रयोजनको लागि न्यूनतम
शैक्षिक योग्यता पुगेको मानिनेछ ।
(४) परिषद्ले तोकेको शर्त अनुरुप सञ्चालन नभएका शिक्षण संस्थाले उपलब्ध
गराएको प्रमाणपत्र वा अन्य उपाधिलाई परिषद्ले मान्यता दिने छ्रैन ।