नियम
स्वास्थ्य संस्थाको तहगत सङ्रचना
(१) स्वास्थ्य सेवा केन्द्र, अस्पताल, शिक्षण अस्पताल, प्रयोगशाला तथा अन्य स्वास्थ्य संस्थाको तहगत सङ्रचना अनुसूची-७ बमोजिम हुनेछ।

(२) अनुसूची-७ बमोजिमका स्वास्थ्य संस्थाको भौतिक क्षमता तथा सुविधा, जनशक्ति, प्रयोगशाला, रक्तसञ्चार तथा अन्य मापदण्ड मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।