नियम ५०
स्वीकृति रद्द गर्न सक्ने
  (१) परिषद्ले मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थालाई नियम ४८ बमोजिम दिइएको स्वीकृति देहायको अवस्थामा रद्द गर्न सक्नेछः–
(क) परिषद्बाट स्वीकृत मेलमिलापको कार्यविधि वा नियमावली पालना गरेको नपाइएमा,
(ख) नियम ४९ बमोजिमको अवधिभित्र म्याद थप नगरेमा,
(ग) परिषद् वा मेलमिलाप अनुगमन समितिले दिएको निर्देशन पालना नगरेमा,
(घ) नियम ५८ बमोजिम पेश गर्नु पर्ने प्रतिवेदन लगातार तीन वर्षसम्म पेश नगरेमा,
(ङ) आफुलाई तोकिएको क्षेत्र भन्दा बाहिर गई कार्य गरेमा,
(च) त्यस्तो संस्था प्रचलित कानून बमोजिम विघटन भएमा,
(छ) ऐन वा यस नियमावली विपरीत अन्य कुनै कार्य गरेमा ।
(२) उपनियम (१) बमोजिम मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थालाई दिइएको स्वीकृति रद्द गर्नु अघि परिषद्ले एक्काईस दिनको म्याद दिई स्पष्टीकरण पेश गर्ने मौका दिनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाको स्वीकृति रद्द भएको सूचना परिषद्ले राष्ट्रियस्तरको दैनिक पत्रपत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।