दफा १४
हकवालको दायित्व
मृत व्यक्तिको हकवालाको हैसियतले विनिमेय अधिकारपत्रमा दस्तखत गर्ने व्यक्तिले आफूले पाएको सम्पत्तिको हदसम्म मात्र उत्तरदायी हुने व्यहोरा उल्लेख नगरी दस्तखत गरेको छ भने निज सो विनिमेय अधिकारपत्रको लागि  पूर्णतया व्यक्तिगतरूपले उत्तरदायी हुनेछ ।