नियम ३९क
हिसाब किताब
(१) समितिले आफ्नो कारोबारको लेखा जिल्ला भूमिसुधार अधिकारीले दिएको निर्देशन बमोजिम ठीक दुरूस्त राख्नुपर्छ र भए गरेको कारोबारको फा“टवारी जिल्ला भूमिसुधार अधिकारी छेउ पठाउनु पर्छ । (२) समितिले हिसाब किताब ठीक दुरूस्त राखे नराखेको तथा अरू काम ठीक दुरूस्तसँग गरे नगरेको जा“च गर्नको लागि जिल्ला भूमिसुधार अधिकारीले कर्मचारी खटाउन सक्नेछ ।