नियम
९ नीति, निर्देशिका, कार्यविधि, शर्त, मापदण्ड तथा पूर्वाधार निर्धारण गर्न सक्ने
ः (१)
ऐन र यस नियमावलीको उद्देश्य प्राप्तिका लागि परिषदले देहायका विषयमा आवश्यक
नीति, निर्देशिका, कार्यविधि, शर्त मापदण्ड तथा पूर्वाधार निर्धाण गरी जारी गर्न सक्नेछ –
(क) व्यवस्थित, वैज्ञानिक एवं सुचारु रुपले फार्मेसी व्यवसायको
सञ्चालन,
(ख) शिक्षण संस्थाको स्थापना र सञ्चालनको लागि आवश्यक
मापदण्ड तथा पूर्वाधार,
(ग) शिक्षण संस्थाको मान्यताको आधार तथा सो संस्थाको
पाठ्यक्रम, भर्नाका शर्त, परीक्षा प्रणाली तथा तत्सम्बन्धी अन्य
आवश्यक शर्त तथा पूर्वाधार एवं सो को मूल्याङ्कन तथा
पुनरावलोकन,
(घ) फार्मेसी व्यवसाय गर्नको लागि आवश्यक योग्यता र फार्मेसी
व्यवसायीको कार्यसीमा निर्धारण,
(ङ) अन्य आवश्यक विषय ।
(२) उपनियम (१) बमोजिम जारी गरिएको नीति, निर्देशिका, कार्यविधि, शर्त,
मापदण्ड तथा पूर्वाधार पालना गर्नु गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ ।