दफा ८९
“विनिमेय गर्न नसकिने”(नट् नेगोसिएबल) भन्ने उल्लेख भएको चेक
विनिमेय गर्न नसकिने (नट् नेगोसिएबल) भन्ने शब्दहरू लेखिएको साधारण वा विशेष रेखाङ्कित चेक प्राप्त गर्ने व्यक्तिले जसबाट चेक प्राप्त गरेको हो  निजको त्यस चेकमा भएको भन्दा बढी हक प्राप्त गर्न वा सो भन्दा बढी हक प्रदान गर्न सक्ने छैन ।