अनुसूची – ९
(नियम २३ को उपनियम (२) सँग सम्बन्धित)
बिक्री वितरणमा जग्गा पाउने व्यक्तिको सम्बन्धमा जग्गावालाको हैसियतले दर्ता भई सकेपछि जिल्ला भूमिसुधार अधिकारीले निजलाई दिने प्रमाणपत्रको ढा“चा
नेपाल सरकार
भूमिसुधार मन्त्रालय
जिल्ला भूमिसुधार कार्यालय
यस जिल्लाको ………………… गाउ“ विकास समिति वा नगरपालिका को वार्ड नं. ……. मा बस्ने ……………………. श्री ………………………………….. को छोरा श्री ………………………… लाई निम्न लिखित जग्गा बिक्री वितरण गरी निजको नाम जग्गावालाको हैसियतले दर्ता गरिएकोले भूमि सम्बन्धी नियमहरू, २०२१ को नियम २३ को उपनियम (२) अन्तर्गत यो प्रमाण पत्र दिइएकोछ ।
उक्त जग्गा पाउने व्यक्तिले त्यसको निर्धारित मोल जिल्ला भूमिसुधार अधिकारीले तोके बमोजिम एकमुष्ट वा किस्ताबन्दीमा बुझाउनु पर्नेछ । भूमिसुधार अधिकारीले तोके बमोजिम मोलको रकम नबुझाएमा ऐन बमोजिम जरीवाना र सम्बन्धित जग्गा जफत समेत हुन सक्नेछ । उक्त जग्गाको पूरा मोल भुक्तान नगरेसम्म वा जग्गा बहाली पाएको १० वर्ष नपुगेसम्म जुन पछिल्लो हुन्छ सो अवधिसम्म उक्त जग्गा बेच बिखन गर्न वा अरू कुनै रूपले अरू व्यक्तिलाई हक छाडी दिन वा अंशवण्डा गर्न हु“दैन ।