नियम
अयोग्यता

देहायको कुनै व्यक्ति क्यासिनो सञ्चालन गर्ने कम्पनीको सञ्चालक हुन योग्य हुने छैन ः-
(क) कुनै कारोबारको सम्बन्धमा प्रचलित कानून बमोजिम कालो सूचीमा परेको,
(ख) सरकारी वा सार्वजनिक संस्थालाई कुनै कर, शुल्क, रकम वा अदालती दण्ड जरिवाना तिर्न बुझाउन बा“की भएको,
(ग) साहुको दामासाहीमा परेको,
(घ) मगज विग्रिएको वा मानसिक सन्तुलन ठीक नभएको,
(ङ) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट सजाय पाएको ।