नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “इजाजतपत्र” भन्नाले क्यासिनो सञ्चालन गर्न नियम ९ बमोजिम दिइएको इजाजतपत्र सम्झनु पर्छ ।
(ख) “इजाजतपत्र प्राप्त कम्पनी” भन्नाले नियम ९ बमोजिम इजाजतपत्र प्राप्त कम्पनी सम्झनु पर्छ ।
(ग) “क्यासिनो” भन्नाले पर्यटकको मनोरञ्जनको लागि परम्परागत रुपमा वा आधुनिक मेशिन वा उपकरणको माध्यमबाट क्यासिनोस्थलमा बाजी (वेट) राखी रकम जित वा हार हुने गरी खेलिने खेल सम्झनु पर्छ ।
(घ) “क्यासिनो स्थल” भन्नाले क्यासिनो खेल्न इजाजतपत्रमा तोकेको स्थान र सोको परिसर सम्झनु पर्छ ।
(ङ) “खेलाडी” भन्नाले क्यासिनो खेल्ने व्यक्ति सम्झनु पर्छ ।
(च) “मन्त्रालय” भन्नाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्झनु पर्छ ।
(छ) “वित्तीय जानकारी इकाई” भन्नाले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिमको वित्तीय जानकारी इकाई सम्झनु पर्छ ।
(ज) “समिति” भन्नाले नियम २९ बमोजिमको अनुगमन तथा निरीक्षण समिति सम्झनु पर्छ ।