दफा ४
उद्देश्यहरू
४. उद्देश्यहरू
(क) कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन र दीगो उपयोग गरी कृषिको समुचित विकास एवं खाद्य तथा पोषण सुरक्षा सुदृढ गर्ने ।
(ख) कृषकको परम्परागत ज्ञान, सीप, खोज, प्रविधि, उपयोग र अभ्यासहरूको हक हितको संरक्षण एवं संवद्र्धन गर्ने ।
(ग) कृषि आनुवंशिक स्रोत तथा पदार्थको पहुंच र उपयोगबाट श्रृजित अवसर र लाभहरूको समन्यायिक एवं न्यायिक वितरण प्रणालीको व्यवस्था मिलाउने ।
(घ) दीर्घकालिन रूपमा कृषि जैविक विविधताको संरक्षण एवं संवद्र्धन गरी पर्यावरणीय सन्तुलन अभिबृद्धि गर्नमा योगदान पु¥याउने ।