दफा ३१
उपदान
पाँच वर्ष वा सो भन्दा बढी समय सञ्चार प्रतिष्ठानमा स्थायी सेवा गर्ने श्रमजीवी
पत्रकारले आफूले काम गरेको अवधि अनुसार देहाय बमोजिम उपदान पाउनेछ ः-
(क) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको श्रमजीवी पत्रकारले आफूले काम
गरेको प्रत्येक वर्षको निमित्त आधा महिनाको तलब,
(ख) दश वर्षदेखि पन्ध्रवर्षसम्म सेवा गरेको श्रमजीवी पत्रकारले आफूले काम
गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको तलब,
(ग) पन्ध्र वर्षदेखि बढी सेवा गरेको श्रमजीवी पत्रकारले आफूले काम गरेको
प्रत्येक वर्षको निमित्त डेढ महिनाको तलब ।