नियम २०
खानतलासी

(१) अख्तियार दुरूपयोग गरेको उजुरी निवेदनको छानविन, अनुसन्धान तथा तहकिकातको सिलसिलामा खानतलासी तथा बरामद गर्नु पर्दा क्रमशः अनुसूची–९ बमोजिमको ढाँचामा प्रवेश मुचुल्का र अनुसूची–१० बमोजिमको ढाँचामा खानतलासी तथा बरामदी मुचुल्का उठाई बरामद गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम गरेको खानतलासी तथा बरामदबाट फेला परेका  नगद जिन्सी वा अन्य कुनै माल वस्तु लैजानु परेमा त्यस्तो मालवस्तु बुझेको भर्पाइ तयार गरी घरधनी वा मालधनी वा मालवस्तु जिम्मा लिने व्यक्तिलाई दिनु पर्नेछ र निजहरू फेला नपरेमा वा फेला परेतापनि भर्पाइ बुझ्न नमानेमा स्थानीय तहका प्रतिनिधिलाई सोको भरपाई दिई मालवस्तु लैजानु पर्नेछ । स्थानीय तहको प्रतिनिधि समेत अनुपस्थित रहेको अवस्थामा बरामदी मुचुल्कामा सोही व्यहोरा जनाई बरामद गरिएको स्थानमा त्यस्तो भर्पाई टाँस गर्नु पर्नेछ र बरामदी मुचुल्कामा त्यस्तो व्यहोरा जनाईएको अवस्थामा सम्बन्धित व्यक्तिले भरपाई बुझे सरह मानिनेछ ।

(३) उपनियम (१).र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि खानतलासी तथा बरामदी सम्बन्धी कार्य गर्दा प्रचलित कानूनमा व्यवस्था गरिएका रीत, प्रक्रिया वा ढाँचा बमोजिम गरिएको भएमा त्यस्तो खानतलासी तथाँ बरामदी मुचुल्कालाई समेत यसै नियमावली बमोजिम भए गरेको मानिनेछ।