नियम
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ सम्झनु पर्छ ।
(ख) “प्रारम्भिक छानबिन” भन्नाले ऐनको दफा २० बमोजिम अनुसन्धान अधिकृत नियुक्त हुनु अघि आयोगबाट भएको छानबिनको कार्य सम्झनु पर्छ ।
(ग) “सचिव” भन्नाले आयोगको सचिव सम्झनु पर्छ ।