दफा २१
गोपनीयता
(१) अध्यक्ष, सदस्य, बोर्डका सल्लाहकार, कर्मचारी, लेखापरीक्षक, एजेण्ट वा प्रतिनिधिले देहायका काम गर्न सक्ने छैनः–
(क) पदीय दायित्व निर्वाह गर्दा प्राप्त हुन आएको कुनै गोप्य जानकारी वा सूचना अरुलाई दिन वा सोको भेद खोल्न,
(ख) त्यस्तो जानकारी वा सूचना निजी लाभको लागि प्रयोग गर्न ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले तोकिदिएको प्रक्रिया अनुरुप आपूmले थाहा पाएको गोप्य जानकारी वा सूचना देहायका अवस्थामा प्रकाशमा ल्याउन सकिनेछः–
(क) सार्वजनिक रुपमा आफ्नो कर्तव्य पालन गर्दा, कानून कार्यान्वयन गर्ने निकायलाई सहयोग गर्दा, अदालतको आदेश वा अधिकार प्राप्त अधिकारीले दिएको आदेशको कारणबाट त्यस्तो जानकारी वा सूचना प्रकाशमा ल्याएकोमा,
(ख) आफ्नो कर्तव्यको पालनको सिलसिलामा बोर्डको बाह्य लेखापरीक्षकलाई त्यस्तो जानकारी वा सूचना दिएकोमा,
(ग) कानूनी कारबाहीको सिलसिलामा बोर्डको हितको लागि त्यस्तो जानकारी वा सूचना प्रकाशमा ल्याएकोमा ।