दफा १०६
पुनरावेदन
(१) दफा १०१ को उपदफा (४), (५), (६), र (७) बमोजिम बोर्डले गरेको सजाय उपर चित्त नबुझ्ने धितोपत्र बजार, धितोपत्र व्यवसायी, संगठित संस्था वा सम्बन्धित व्यक्तिले सजाय पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ । (२) परिच्छेद–८ बमोजिम बोर्डले दिएको आदेश वा निर्देशनमा चित्त नबुझाउनेले त्यस्तो आदेश वा निर्देशनको सूचना पाएको मितिले पैंतीस दिनभित्र सम्बन्धित उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।