दफा १६
दण्ड
(१) कसैले देहायको कसुर गरेमा त्यस्तो व्यक्तिलाई त्यस्तो कसुरको निमित्त बिगो जफत गरी बिगो बमोजिम जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ:-
(क) यस ऐन बमोजिम तिर्नुपर्ने अन्त:शुल्क दबाएमा छिपाएमा वा छलेमा
(ख) इजाजतपत्र नलिई अन्त:शुल्क लाग्ने वस्तु उत्पादन वा पैठारी $वा सेवा प्रदान गरेमा
(ग) कुने व्यक्तिले झुट्टा लेखा वा किर्ते कागज तयार गरी यस ऐन विपरीत कुनै कसुर गरेमा
(घ) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली वा बिभागले तोकेको शर्त विपरित हुने गरी मदिराको उत्पादन, बोतलबन्दी तथा बिक्री वितरण गरेमा
(ङ) मदिरा वियर चुरोट वा सूर्तीजन्य वस्तु र अन्य अन्त:शुल्क लाग्ने वस्तुको उत्पादन बा पैठारीमा प्रयोग गरिने अन्त:शुल्क टिकट नक्कली बनाई प्रयोग गरेमा उत्पादन गरेमा वा ओसार पसार वा भण्डारण गरेमा ।
(२) मदिरा चुरोट र सूर्तीजन्य वस्तु उत्पादन वा पैठारी गर्ने इजाजतपत्रवालाले देहायका कसुर गरी अन्त:शुल्क दवाए छिपाए वा छलेमा त्यस्तो कसुरको निमित्त बिगो जफत गरी बिगोको दुई सय प्रतिशत जरीवाना वा एक लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो जरिवाना वा एक बर्षसम्म कैद वा दुवै सजाय हुनेछः-
(क) अन्त:शुल्क दवाए छिपाए वा छलेमा
(ख) नक्कली अन्त:शुल्क टिकटको प्रयोग गरी कवा अन्त:शुल्क टिकटको प्रयोग नगरी मदिरा चुरोट र सूर्तीजन्य वस्तुको उत्पादन निष्कासन विक्री वितरण भण्डारण वा पैठारी गरेमा
(ग) स्वीकृति नलिएको ब्राण्डमा उत्पादन तथा निष्कासन गरेमा कैँ(ग१) अर्काको नामको ब्राण्ड प्रयोग गरी बा ब्राण्ड नखोली उत्पादन, निष्कासन, भण्डारण वा बिक्री वितरण गरेमा
(घ) रम जिन ब्राण्डी भोडका ह्वीस्की भनी मदिरा उत्पादन गर्ने प्रतिष्ठानले २५ यू.पी. र ३० यू.पी. शक्तिभन्दा फरक हुने गरी उत्पादन गरेको पाईएमा ।
(३) उपदफा (१) को खण्ड (ङ) र उपदफा (२) बमोजिम बिगो कायम गर्दा त्यस्तो टिकट प्रयोग भएको वा हुनसक्ने वस्तुको शक्ति परिमाण वा आकारका आधारमा अन्त:शुल्क लाग्ने वस्तुको «वा व्राण्ड नखुलेको हकमा ७० यु.पि. शक्तिको मदिराको मूल्य कायम गरी सोमा लाग्ने अन्त:शुल्क समेत जोडी कायम गरिनेछ । बिगो कायम गर्नुपर्ने वस्तु तथा सेवा बिक्री भइसकेको अवस्थामा सो वस्तु तथा सेवाको बिक्री मूल्यलाई आधार मानि बिगो कायम गरिनेछ ।
(४) कुनै व्यक्तिले देहायको कुनै कसुर गरेमा अन्त:शुल्क अधिकृतले देहाय बमोजिम जरिवाना गर्न सक्नेछः-
(क) दफा ७ को उपदफा (४) बमोजिम पुनः मूल्य निर्धारण वा अतिरिक्त मूल्य निर्धारण भएमा थप हुने अन्त:शुल्क रकमको शत प्रतिशत रकम
(ख) इजाजतपत्र नलिई अन्त:शुल्क लाग्ने वस्तु वा सेवा बिक्री वा सञ्चय गरेमा पाँच हजार रुपैयाँदेखि पन्ध्र हजार रुपैयाँसम्म
(ग) दफा १०क. को व्यवस्था उल्लङ्घन गरेमा लाग्ने अन्त:शुल्कको प्रतिदिन शून्य दशमलब शून्य पाँच प्रतिशत वा प्रति विवरण एक हजार रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम
(घ) दफा १०ख. को उपदफा (१) बमोजिमको लेखा अद्यावधिक नराखेमा दश हजार रुपैयाँ र कारोबारको लेखा निरीक्षण गर्न नदिएमा पटकैपिच्छे पाँच हजार रुपैयाँ
(ङ) दफा १०ख. को उपदफा (२) उल्लङ्घन गरेमा पाँच हजार रुपैयाँ
(च) दफा १०ख. को उपदफा (३) उल्लङ्घन गरेमा दश हजार रुपैयाँ
(छ) दफा १०घ. को उपदफा (३) बमोजिमको अनुगमन गर्ने कार्यमा बाधा विरोध गरेमा पटकै पिच्छे पाँच हजार रुपैयाँ
(ज) दफा १०७छु. बमोजिम जाँच गर्दा अल्कोहलको मात्रा एक प्रतिशतभन्दा बढी फरक भएमा राजस्व चुहावट भएको रकमको शत प्रतिशत रकम
(झ) अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको उत्पादन प्रतिलब्धि तोकिएकोमा त्यस अनुसारको उत्पादन प्रतिलब्धि नपुगेमा थप हुने अन्त:शुल्क रकमको शत प्रतिशत रकम
(ज) दफा ४घ. को उपदफा (१) को उल्लङ्घन गरेमा पटकै पिच्छे दश हजार रुपैयाँ
(ट) स्वयम् निष्काशन प्रणाली अन्तर्गतका वस्तु तथा सेवाको बिक्री गर्दा अन्त:शुल्क असुल नगरेमा वा कम असुल गरेमा लाग्ने अन्त:शुल्क असुल गरी असुल नभएको वा कम असुल भएको अन्त:शुल्क रकमको शत प्रतिशत रकम
(ठ) ...........उपदफा (३) को उल्लङ्घन गरी अन्त:शुल्क क्रेडिट दावी गरेमा त्यसरी क्रेडिट दाबी गरेको अन्त:शुल्क रकमको शत प्रतिशत रकम
(ड) दफा ४घ. को उपदफा (२) को उल्लङ्घन गरेमा पहिलो पटकका लागि दश हजार रुपैयाँ र त्यसपछि प्रत्येक पटकका लागि बीस हजार रुपैयाँ ।
(ढ) इजाजतपत्रवालाले मदिरा चुरोट र सूर्तीजन्य वस्तुमा अधिकतम खुद्रा मूल्य उत्पादन मिति र व्याच नम्बर नखुलाएमा त्यस्तो वस्तु जफत गरी विगो बमोजिमको रकम वा एक लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम ।
(ण) मदिरा (बियर वाइन साइडर बाहेक) को वोतलमा अन्त:शुल्क टिकटको सुरक्षाको लागि प्रयोग गर्नुपर्ने पारदर्शी प्लाष्टिकको खोल (श्रिक क्याप) को प्रयोग नगरेमा त्यस्तो वस्तु जफत-गरी विगो बमोजिमको रकम वा एक लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम ।
(त) स्वीकृति नलिई वा अर्काको ब्राण्डको नक्कल गरी मदिरा चुरोट र सूर्तीजन्य वस्तुको उत्पादन निष्कासन वा विक्री वितरण गरेमा त्यस्तो वस्तु जफत गरी विगो बमोजिमको रकम वा एक लाख रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम ।
(थ) ....
(द) वाइन उत्पादन गर्ने प्रतिष्ठानले पेटेन्ट स्टील टैँक वा काठको भाँडो (भ्याट) मा राखी फर्मन्टेशन नगरेमा पटकै पिच्छे एक लाख रुपैयाँ ।
(ध) अन्त:शुल्क अधिकृतले मदिरा चुरोट सूर्तीजन्य वस्तु मदिराको कच्चा पदार्थको रुपमा प्रयोग हुने मोलासेस र स्प्रिट तथा अन्य अन्त:शुल्क लाग्ने पदार्थ उत्पादन गर्ने इजाजतपत्रबालाको मौज्दात परीक्षण गर्दा अन्त:शुल्क नियमावली २०५९ बमोजिम तोकिएका खरिद खाता वा मौज्दात खातामा उल्लेख भएकोभन्दा बढी वस्तु मौज्दात फेला परेमा यस्तो वस्तु आम्दानी बाँध्न लगाई त्यसरी बढी फेला परेको वस्तुको बजार मूल्य कायम गरी त्यस्तो मूल्यको शतप्रतिशतले हुने रकम
(ध१) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमावली बमोजिम दिइएको स्वीकृति विपरित स्प्रिट तथा इथानोल प्रयोग गरेको पाइएमा त्यसरी प्रयोग भएको स्प्रिटबाट उत्पादन हुन सक्ने मदिराको उच्चतम् दरबन्दी अनुसार लाग्ने अन्त:शुल्क बराबरको रकम।
(ध२) अन्त:शुल्क टिकटको घटी मौज्दात फेला परेमा लाग्ने अन्त:शुल्क रकमको शतप्रतिशत रकम र बढी मौज्दात फेला परेमा बढी भए जति टिकट मौज्दात आम्दानी बाँध्न लगाई एक लाख रुपैयाँ,
(न) यस दफामा उल्लेख गरिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा पटकै पिच्छे दश हजार रुपैयाँ ।
(५) कसुरसँग प्रत्यक्ष वा परोक्ष रूपमा प्रयोग हुन आएको भाडा वर्तन वस्तु वा सेवा उत्पादन गर्न प्रयोग गरिएको ज्यावल मेशिन उपकरण र सवारी साधन समेत जफत हुनेछ ।
तर त्यस्तो कसुर गर्ने व्यक्तिले सवारी धनीको अनुमति बिना सवारी साधन त्यस्तो काममा प्रयोग गरेको भएमा त्यस्तो सवारी साधन जफत नगरी सवारी धनीलाई पच्चीस हजार रुपैयाँ जरिवाना र सबारी चालकलाई कसुरको प्रकृति हेरी पन्ध्र हजार रूपैया“सम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि भाडाको सवारीमा दर्ता गरी सवारी साधनको मालिकले नै प्रयोग गरेको पाइएमा त्यस्तो सबारी जफत हुनेछ ।
(७) अन्त:शुल्क अधिकृतले उपदफा (१) मा उल्लिखित दण्ड जरिवानाका अतिरिक्त नब्बे दिनमा नबढ्ने गरी दफा ९ बमोजिम दिइएको इजाजतपत्र निलम्बन समेत गर्न सक्नेछ ।
(८) उपदफा (१) र (२) मा लेखिएको कसुरको उद्योग वा दुरुत्साहन गर्नेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।
(९) अन्त:शुल्क अधिकृतले "उपदफा (२) मा उल्लिखित सजायका अतिरिक्त दफा ९ बमोजिम दिइएको इजाजतपत्र छ महिनासम्म निलम्बन गर्न वा दफा १० बमोजिम इजाजतपत्र रद्द गरी त्यस्तो उद्योग वा प्रतिष्ठान दर्ता खारेज गर्न सम्वन्धित निकायमा लेखि पठाउन सक्नेछ ।