दफा
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “प्रतिष्ठान” भन्नाले दफा ३ बमोजिम स्थापना भएको प्रतिष्ठान सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ६ बमोजिम गठन भएको सञ्चालक समिति सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष तथा सदस्य–सचिवलाई समेत जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ९ बमोजिम नियुक्त भएको कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।