नियम
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यो नियमावलीमा, – (क) “ऐन” भन्नाले गैर सैनिक हवाई उडान (सिभिल एभिएशन) ऐन, २०१५ सम्झनु पर्छ ।
(ख) “प्राधिकरण” भन्नाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ बमोजिम स्थापना भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्झनु पर्छ ।
(ग) “महानिर्देशक” भन्नाले विभागको महानिर्देशक सम्झनु पर्छ ।
(घ) “महासन्धि” भन्नाले ७ डिसेम्बर १९४४ मा शिकागोमा हस्ताक्षर भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्बन्धी महासन्धि सम्झनु पर्छ र सो शब्दले –
(१) सो महासिन्धको धारा ९४ (क) बमोजिम लागू भएको र दुबै पक्षले अनुमोदन गरेको त्यसको कुनै संशोधनहरू, र
(२) निर्धारित समयभित्र दुबै पक्षको लागि लागू भएको हदसम्म सो महासन्धिको धारा ९० बमोजिम पारित भएको कुनै एनेक्स वा त्यस्तो एनेक्समा भएको कुनै संशोधन समेतलाई जनाउँछ ।
(ङ) “एनेक्स” भन्नाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सम्बन्धी महासन्धिसंग आबद्ध भई सो संगठनद्वारा निर्धारित अन्तर्राष्ट्रियस्तर र अनुसाशित विधि (इन्टरनेशनल स्ट्याण्डर्ड एण्ड रिकमेण्डेड प्राक्टिसेस) सम्झनु पर्छ ।
 यो नियमावली २०५८।१२।८ देखि लागू भएको । (नेपाल राजपत्र २०५८।१२।८)
(च) “म्यानुअल” भन्नाले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट निर्धारित नियम, म्यानुअल तथा स्ट्याण्डर्डहरूको कार्यान्वयनको लागि प्राधिकरणले ऐन र यस नियमावलीको विपरित नहुने गरी नियम ८१ बमोजिम बनाएका म्यानुअल, रिक्वायरमेन्ट्स तथा डाइरेक्टिभ्सलाई समेत सम्झनु पर्छ ।
(छ) “क््रmू” भन्नाले पाइलट, को–पाइलट, फ्लाइट इन्जिनियर, रेडियो अफिसर, फ्लाइट नेभिगेटर, एयर होस्टेज, केविन एटेण्डेण्ट र पर्सरहरू सम्झनु पर्छ ।

(ज) …….