नियम ७८
लगबूक

(१) नेपाल ……..मा दर्ता भएको प्रत्येक वायुयानले देहाय बमोजिमको लगबूक अद्यावधिक रूपमा कायम राख्नु पर्नेछ ः–
(क) यात्रा लगबूक,
(ख) वायुयान लगबूक,
(ग) एक ईञ्जिन भएको वायुयानको हकमा एक ईन्जिन लगबूक र एक भन्दा बढी ईन्जिन भएको वायुयानमा प्रत्येक ईन्जिनको लागि छुट्टा छुट्टै ईन्जिन लगबूक,
(घ) एक पीच प्रोपेलर भएको वायुयानको हकमा एक पीच प्रोपेलर लगबूक र एक भन्दा बढी पीच प्रोपेलर भएको वायुयानमा प्रत्येक पीच प्रोपेलरको लागि छुट्टाछुट्टै पीच प्रोपेलर लगबूक,
(ङ) रेडियो पार्टस् रहेको वायुयानको हकमा रेडियो पार्टस लगबूक ।
(२) उपनियम (१) को खण्ड (क) बमोजिमको यात्रा लगबूक जारी गर्ने अधिकार महानिर्देशकलाई हुनेछ र अन्य लगबूकहरू जारी गर्ने अधिकार महानिर्देशक वा निजले तोकेको अधिकारीलाई हुनेछ ।
(३) उपनियम (१) बमोजिमको लगबूक अद्यावधिक रूपमा राख्नु पर्ने सम्बन्धी अन्य कार्यविधि तथा विवरणहरू एनेक्स तथा म्यानुअलमा तोकिए बमोजिम हुनेछ ।