नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले निर्माण व्यवसाय ऐन, २०५५ सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले ऐनको दफा १५ बमोजिम गठित कार्यान्वयन समिति सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “कोष” भन्नाले निर्माण व्यवसायी कोष सम्झनु पर्छ ।