दफा २
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –
(क) “बोर्ड” भन्नाले दफा ३ बमोजिम स्थापना भएको नेपाल पर्यटन बोर्ड सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले दफा ९ बमोजिम गठन भएको कार्यकारी समिति सम्झनु पर्छ ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “उपाध्यक्ष” भन्नाले समितिको उपाध्यक्ष सम्झनु पर्छ ।
(ङ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष, उपाध्याक्ष तथा सदस्य–सचिवलाई समेत जनाउँछ ।
(च) “कार्यकारी प्रमुख” भन्नाले दफा १४ बमोजिम नियुक्त बोर्डको कार्यकारी प्रमुख सम्झनु पर्छ ।
(छ) “पर्यटक” भन्नाले विदेशी मुलुकबाट भ्रमणको लागि नेपाल राज्यमा आउने गैर नेपाली नागरिक सम्झनु पर्छ ।
(ज) “पर्यटन व्यवसाय” भन्नाले,–
(१)पर्यटकहरूको निमित्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय परिवहनको सेवा पु¥याउने कारोबार,
(२)पर्यटकहरूलाई नेपाल राज्यभित्र वा नेपाल राज्यबाहिर कुनै पनि स्थानमा पूर्ण वा आंशिक रूपमा परिवहन, बसोबास, भ्रमण व्यवस्था, रेष्टुरेन्ट सेवा, दृश्यावलोकन, पथ प्रदर्शन, पर्वतारोहण, पदयात्रा, जलयात्रा, तथा अन्य साहसिक एवं मनोरन्जनात्मक सेवा पु¥याउने र सो वापत विदेशी मुद्रा आर्जन गर्ने प्रकृतिका कारोबार,
(३) पर्यटकहरूलाई पूर्ण वा आंशिक रूपमा खुद्रा वस्तुहरू विक्री गर्ने कारोवार,
(४) उपखण्ड (१), (२) र (३) बमोजिमको कारोबार गरी पर्यटकहरूलाई आकर्षित गर्नको निमित्त पूर्ण वा आंशिक रूपमा कला, संस्कृतिको प्रस्तुति वा अन्य कुनै प्रदर्शनी, आयोजना, मेला, प्रचार, प्रसार अभियान सन्चालन गर्ने कार्यलाई समेत सम्झनु पर्छ ।
(झ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।