Preamble
प्रस्तावना

देशको प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवं वातावरणको संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायको विकास, विस्तार एवं प्रबद्र्धन गरी अन्तर्राष्ट्रिय रूपमा नेपाललाई एक आकर्षक र भरपर्दो पर्यटन स्थलहरूको रूपमा विकसित गरेर राष्ट्रिय उत्पादन, विदेशी मुद्रा आर्जन र रोजगारीका अवसरहरूको सृजनामा अधिकतम बृद्धि गर्नका निमित्त नेपाल पर्यटन बोर्डको स्थापना गर्न र त्यसको कार्य
सन्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाइएको छ ।