दफा
परिभाषा
: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “ग्राहक” भन्नाले विद्युत उपभोग गर्ने व्यक्ति सम्झनु पर्छ ।
(ख) “प्राधिकरण” भन्नाले दफा ३ अन्तर्गत स्थापना भएको नेपाल विद्युत प्राधिकरण सम्झनु पर्छ ।
(ग) “विद्युत” भन्नाले पानी, डिजेल, कोइला वा अन्य कुनै प्रविधिबाट उत्पादन गरिने विद्युत शक्ति सम्झनु पर्छ ।
(घ) “महसुल” भन्नाले प्राधिकरणले विद्युत उपलब्ध गराए वापत ग्राहकबाट लिइने विद्युत महसुल सम्झनु पर्छ ।
(ङ) “समिति” भन्नाले दफा ८ बमोजिम गठित सञ्चालक समिति सम्झनु पर्छ ।
(ङ१) “अनाधिकार उपभोग” भन्नाले प्राधिकरणको स्वीकृति नलिई प्राधिकरणको विद्युत प्रणालीबाट विद्युत उपभोग गर्ने कार्य वा ग्राहकले विद्युत उपभोग गर्दा पालन गर्नु पर्ने शर्तको उल्लघंन हुने गरी विद्युत उपभोग गर्ने वा विद्युत चोर्ने कार्य सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको विनियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।