दफा ९
सञ्चालकहरु
: (१) सञ्चालक समितिमा आठजना सञ्चालक रहनेछन् । ती सञ्चालकहरु साधारण सभाद्वारा निर्वाचित हुनेछन् र निर्वाचित सञ्चालकहरुले आफूमध्येबाट छानेको एकजना व्यक्ति सञ्चालक समितिको अध्यक्ष हुनेछ ।
(२) नेपाल सरकार वा कुनै संगठित संस्थाले लिएको शेयरको अनुपातमा नेपाल सरकार वा त्यस्तो संस्थाले सञ्चालकहरु मनोनित गर्न सक्नेछ र त्यस्तो मनोनित सञ्चालकहरुको हक तथा दायित्व निर्वाचित सञ्चालकको सरह हुनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि साधारण सभाद्वारा सञ्चालकहरु निर्वाचित हुने व्यवस्था नभएसम्म सञ्चालक समितिमा देहायका सदस्यहरु रहनेछन् ः-
“(क) उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वा नेपाल सरकारले तोकेको नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी -अध्यक्ष
(ख) सचिव, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय -सदस्य”(ग) सचिव, अर्थ मन्त्रालय –सदस्य
(घ) उद्योग, वाणिज्य वा वित्तीय क्षेत्रमा संलग्न व्यक्तिहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना –सदस्य
(ङ) विद्युत उपभोक्ताहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत एकजना – सदस्य
(च) विद्युत क्षेत्रमा विशेषता हासिल गरेका गैरसरकारी व्यक्तिहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत दुईजना –सदस्य
(छ) कार्यकारी निर्देशक, प्राधिकरण – सदस्य–सचिव
(४) समितिका मनोनीत सदस्यहरुको कार्यावधि चार बर्षको हुनेछ ।
तर नेपाल सरकारले आवश्यक परेमा त्यस्ता सदस्यहरुको पदावधि समाप्त हुनु अगावै तिनीहरुलाई हटाउन वा तिनीहरुको सट्टा अर्को व्यक्ति मनोनीत गर्न सक्नेछ ।
(५) साधारण सभाद्वारा निर्वाचित सञ्चालकहरुको कार्यावधि चार वर्षको हुनेछ र कार्यावधि समाप्त भएपछि बढीमा लगातार दुई पटकसम्म पुन सञ्चालकमा निर्वाचित हुन सक्नेछन् ।
तर प्रथम पटक निर्वाचित आठजना सञ्चालकहरुमध्ये गोला प्रथाद्वारा निर्णय गरेका चारजना सञ्चालकहरुको कार्यावधि दुई वर्षको हुनेछ ।