दफा
परिभाषा
विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “औद्योगिक फोहरमैला” भन्नाले औद्योगिक प्रतिष्ठानबाट निष्काशन हुने हानिकारक तथा प्रदूषणयुक्त फोहरमैला सम्झनु पर्छ । 
(ख) “औद्योगिक प्रतिष्ठान” भन्नाले कुनै उद्योग, व्यवसाय वा सेवा सञ्चालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापित कुनै कम्पनी, उद्योग, फर्म वा अन्य कुनै निकाय सम्झनु पर्छ ।
(ग) “कण्टेनर” भन्नाले फोहरमैला सङ्कलन गर्ने प्रयोजनको लागि निश्चित स्थानमा राखिएको फोहरमैला थुपार्ने भाँडो, बाकस, बाल्टीन वा यस्तै प्रकारको अन्य कुनै वस्तु सम्झनु पर्छ र सो शब्दले कम्पोष्ट मल उत्पादन गर्न राखिएको भाँडो समेतलाई जनाउनेछ ।
(घ) …………..
(ङ) “ढुवानी” भन्नाले सड्ढलित फोहरमैला उत्पादन स्थलबाट सङ्कलन केन्द्र र सङ्कलन केन्द्रबाट स्थानान्तरण केन्द्रसम्म वा स्थानान्तरण केन्द्रबाट फोहरमैला व्यवस्थापन स्थल वा स्थानीय तहले तोकेको स्थानसम्म लैजाने कार्य सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(छ)  “न्यूनीकरण” भन्नाले कुनै पनि प्रविधि वा उपायको प्रयोग गरी फोहरमैलाको परिमाण, आकार वा प्रभावमा कम गर्ने कार्य सम्झनु पर्छ । 
(ज) “निष्काशन” भन्नाले फोहरमैला उत्पादन स्थलबाट स्थानीय तहले तोकेको स्थानमा थुपार्र्ने वा निकाल्ने कार्य सम्झनु पर्छ ।
(झ)  ………………
(ञ) “प्रदूषण” भन्नाले फोहरमैलाबाट निस्कने ठोस, तरल वा ग्यास वस्तुको संयोजनबाट वातावरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपले प्रभाव परी वातावरणमा उल्लेखनीय ह्रास ल्याउने, क्षति पुर्याउने वा वातावरणको लाभदायी वा उपयोगी प्रयोजनमा हानि नोक्सानी पु¥याउने क्रियाकलाप सम्झनु पर्छ ।
(ट)  “प्रभावित क्षेत्र” भन्नाले फोहरमैला व्यवस्थापन स्थलको प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्याड्ढन प्रतिवेदनमा उल्लिखित क्षेत्रलाई सम्झनु पर्छ ।
(ठ) “प्रशोधन” भन्नाले फोहरमैलाको रुप वा गुणमा परिवर्तन गरी अन्य कुनै उपयोगी वस्तु तयार गर्ने, मल, ग्यास, ऊर्जा वा अन्य वस्तु उत्पादन गरी फोहरमैलाको व्यवस्थापन गर्ने प्रक्रिया सम्झनु पर्छ ।
(ड) “प्रशोधन स्थल” भन्नाले फोहरमैलालाई प्रशोधन गरी मल, ग्यास, ऊर्जा वा अन्य वस्तु उत्पादनका लागि कार्य सञ्चालन गर्ने स्थान सम्झनु पर्छ ।
(ढ)  “पुन चक्रीय प्रयोग” भन्नाले प्रविधिको प्रयोगद्वारा सङ्कलित फोहरमैलालाई कच्चा पदार्थमा रुपान्तरण गरी उपयोगी वस्तुको रुपमा विकास गरी पुन प्रयोगमा ल्याउने कार्य सम्झनु पर्छ ।
(ण) “फोहरमैला” भन्नाले घरेलु फोहरमैला, औद्योगिक फोहरमैला, रासायनिक फोहोरमैला, स्वास्थ्य संस्थाजन्य फोहरमैला वा हानिकारक फोहरमैला सम्झनु पर्छ र सो शब्दले तत्काल प्रयोग हुन नसक्ने अवस्थामा रहेका, फालिएका वा सडेगलेका, वातावरणमा ह्रास आउने गरी निष्काशन गरिएका ठोस, तरल, ग्यास, लेदो, धुवाँ, धुलो, विद्युतीय तथा सूचना प्रविधिका लागि प्रयोग भएका सामग्रीहरु लगायतका पदार्थ वा त्यस्तै प्रकारका अन्य वस्तुहरु वा अनधिकृत रुपमा सार्वजनिक स्थलमा टाँसिएका पोष्टर, पम्पलेट र नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी फोहरमैला भनी तोकिदिएको अन्य वस्तु समेतलाई जनाउनेछ ।
(त)  “फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट)” भन्नाले फोहरमैला विसर्जन वा प्रशोधन गर्नको लागि स्थानीय तहले तोकेको स्थल सम्झनु पर्छ ।
(थ) “फोहरमैला सड्ढलन” भन्नाले फोहरमैला उत्पादन स्थलबाट उठाउने, घर–घरबाट सड्ढलन गर्ने, सार्वजनिक स्थलमा रहेको फोहरमैला बढार्ने, थुपार्ने, झारपात उखेल्ने तथा अनधिकृत रुपमा सार्वजनिक स्थलमा टाँसिएका पोष्टर, पम्पलेट उप्काई सड्ढलन गर्ने कार्य सम्झनु पर्छ । 
(द) “फोहरमैला सड्ढलन तथा ढुवानी साधन” भन्नाले फोहरमैला सड्ढलन तथा ढुवानी गर्ने प्रयोजनका लागि प्रयोग गरिने साधन, उपकरण वा औजार सम्झनु पर्छ ।
(ध)  “बन्द पश्चात् व्यवस्थापन (पोस्ट क्लोजर म्यानेजमेण्ट)” भन्नाले फोहरमैला व्यवस्थापन स्थलमा फोहरमैला विसर्जन गर्न बन्द गरे पश्चात् सो क्षेत्रको वातावरणीय सन्तुलन कायम राख्नको लागि गरिने कार्य सम्झनु पर्छ ।
(न) “मन्त्रालय” भन्नाले नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ।”
(प) “रासायनिक फोहरमैला” भन्नाले यथास्थितिमा प्रयोग हुन नसक्ने जुनसुकै स्रोत तथा प्रक्रियाबाट निस्केका मानव स्वास्थ्य लगायत जीव, जन्तु एवं वातावरणमा प्रतिकूल असर पार्ने सम्पूर्ण रासायनिक पदार्थहरु वा समय समयमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी रासायनिक फोहरमैला भनी तोकेका ठोस, तरल, धुलो, लेदो, ग्यास लगायतका पदार्थ वा वस्तुलाई सम्झनु पर्छ ।
(फ) “विसर्जन” भन्नाले फोहरमैलाको अन्तिम निष्काशन तथा व्यवस्थापन सम्झनु पर्छ ।
(ब) “सड्ढलन केन्द्र” भन्नाले घर घरबाट निस्कने फोहरमैला सड्ढलन गरी निर्धारित समयसम्म फाल्न, राख्न वा थुपार्न स्थानीय तहले तोकेको स्थान सम्झनु पर्छ र सो शब्दले घरघरमा फोहरमैला सड्ढलन गर्न आउने स्थानीय तहले तोकेको फोहरमैला सड्ढलक वा फोहरमैला सड्ढलन गर्ने साधन समेतलाई जनाउनेछ ।
(भ) “समिति” भन्नाले दफा २९ बमोजिम गठित केन्द्रको सञ्चालक समिति सम्झनु पर्छ । 
(म)  “सामुदायिक संस्था” भन्नाले नाफा आर्जन नगर्ने उद्देश्यले समुदायको हितका निम्ति प्रचलित कानून बमोजिम स्थापित समुदायमा आधारित सहभागितामूलक उपभोक्ता समूह, सहकारी संस्था वा गैरसरकारी संस्था सम्झनु पर्छ ।
(य) “स्थानान्तरण केन्द्र” भन्नाले सड्ढलित फोहरमैला विसर्जन गर्न फोहरमैला व्यवस्थापन स्थल (स्यानिटरी ल्याण्डफिल साइट) मा लैजानु अघि फोहरमैला सड्ढलनको लागि स्थानीय तहले तोकेको स्थान सम्झनु पर्छ । 
(र) “स्थानीय तह” भन्नाले सम्बन्धित महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका वा गाउँपालिका सम्झनु पर्छ ।
(ल)  “स्वास्थ्य संस्थाजन्य फोहरमैला” भन्नाले अस्पताल, क्लिनिक, फार्मेसी, औषधी पसल, ब्लड बैङ्क, प्याथोलोजिकल प्रयोगशाला, पशु–स्वास्थ्यजन्य संस्था वा स्वास्थ्य अनुसन्धान केन्द्रबाट उत्पादन तथा निष्काशन हुने हानिकारक फोहरमैला सम्झनु पर्छ ।
(व) “हानिकारक फोहरमैला” भन्नाले प्राकृतिक वातावरणमा ह्रास ल्याउने, मानव तथा अन्य प्राणीको स्वास्थ्यमा हानि नोक्सानी पुर्याउने विभिन्न रुपमा निष्काशित वस्तु, पदार्थ तथा रेडियो विकिरण सम्झनु पर्छ ।