नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले विद्युत ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “आयोग” भन्नाले नियम ३ बमोजिम गठित विद्युत महसुल निर्धारण आयोग सम्झनु पर्छ ।
(ग) “महसुल” भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिले उपलब्ध गराएको विद्युत सेवा उपभोग गर्ने ग्राहकबाट लिइने शुल्क सम्झनु पर्छ ।
(घ) “अध्यक्ष” भन्नाले आयोगको अध्यक्ष सम्झनु पर्दछ ।
(ङ) “सदस्य” भन्नाले आयोगको सदस्य सम्झनु पर्छ र सो शब्दले आयोगको अध्यक्षलाई समेत जनाउ“छ ।
(च) “सचिव” भन्नाले आयोगको सचिव सम्झनु पर्छ ।