दफा २
परिभाषा
::-विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “व्यवसाय” भन्नाले उद्योग वाणिज्य पेशा वा वृत्तिलाई समेत जनाउँछ ।
(ख) “तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनुपर्छ ।
(ग) “उनाउ व्यक्ति” भन्नाले साझेदारी फर्मका सम्बन्धमा साझेदार वाहेकका अरु कुनै व्यक्तिलाई सम्झनुपर्छ ।
(घ) “सूचित आदेश” भन्नाले नेपाल सरकारले नेपाल राजपत्रमा प्रकाशित गरेको कुनै आदेश सम्झनु पर्छ
(ङ) “सम्बन्धित विभाग” भन्नाले वाणिज्य सम्बन्धी फर्मको विषयको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र सो बाहेकका अन्य उद्योगको विषयका लागि उद्योग विभाग सम्झनु पर्छ र सो शब्दले वाणिज्य सम्बन्धी विषय र घरेलु तथा साना उद्योगको विषयको लागि प्रदेश सरकारको वाणिज्य तथा उद्योग हेर्ने विभाग वा कार्यालयलाई समेत जनाउनेछ।