नियम
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “अदालत” भन्नाले ऐनको दफा ६७ बमोजिम गठित सैनिक अदालत सम्झनु पर्छ र सो शब्दले दफा ११९ को उपदफा (७) बमोजिम गठित पुनरावेदन समितिलाई समेत जनाउँछ।
(ख) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ ।
(ग) “पदपूर्ति समिति” भन्नाले नियम ७ बमोजिमको पदपूर्ति समिति सम्झनु पर्छ ।
(घ) “प्राड अधिकृत” भन्नाले सैनिक प्राड सेवामा नियुक्त भएको अधिकृत सम्झनु पर्छ।
(ङ) “बढुवा समिति” भन्नाले नियम १७ बमोजिमको बढुवा समिति सम्झनु पर्छ ।
(च) “मन्त्रालय” भन्नाले नेपाल सरकारको रक्षा मन्त्रालय सम्झनु पर्छ ।
(छ) “सेना प्राड विवाक” भन्नाले सैनिक प्राड सेवाको प्रमुख सम्झनु पर्छ ।
(ज) “सैनिक प्राड सेवा” भन्नाले नेपाली सेनामा कानून तथा न्यायसँग सम्बन्धित कार्य सम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा सम्झनु पर्छ ।
(झ) “सैनिक नियमावली” भन्नाले सैनिक सेवा नियमावली, २०६९ सम्झनु पर्छ ।