नियम
परिभाषा
: बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सैनिक ऐन, २०६३ सम्झनु पर्छ ।
(ख) “ग्यारिजन समूह” भन्नाले नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति, राष्ट्रिय महत्वका चिज वा वस्तु रहेको स्थान, महत्वपूर्ण संरचना वा त्यस्तै राष्ट्रिय महत्वका अन्य कुराको सुरक्षा गर्ने लगायतका काम गर्न नियुक्त भएका सैनिक व्यक्तिहरुसँग सम्बन्धित समूह सम्झनु पर्छ ।
(ग) “पदपूर्ति समिति” भन्नाले नियम७ बमोजिमको पदपूर्ति समिति सम्झनु पर्छ ।
(घ) “बढुवा समिति” भन्नाले नियम १७ बमोजिमको बढुवा समिति सम्झनु पर्छ ।
(ङ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको रक्षा मन्त्रालय सम्झनु पर्छ ।
(च) “सैनिक कर्मचारी समूह” भन्नाले नेपाली सेना अन्तर्गतका कार्यालयहरुमा प्रशासनिक कार्यमा सहयोग गर्ने सैनिक व्यक्तिहरुसँग सम्बन्धित समूह सम्झनु पर्छ ।
(छ) “सैनिक नियमावली” भन्नाले सैनिक सेवा नियमावली, २०६९ सम्झनु पर्छ ।