विषय वा प्रसङ्गले अर्कै अर्थ नलागेमा यस ऐनमा–
(क) “धनी” भन्नाले आफनै, वा अरु कुनै व्यक्तिको निमित्त वा निजको फाइदाको
निमित्त वा कुनै अर्कै व्यक्तिको गुठियार वा संरक्षक भई कुनै घर जग्गाको बहाल
तत्काल पाइरहेको वा पाउने अधिकार भएको वा त्यस्ता घर जग्गा बहालमा
दिएमा सो बहाल पाउने तथा लिन अधिकार भएको व्यक्ति सम्झनु पर्छ ।
(ख) कुनै सम्पत्तिको सम्बन्धमा प्रयोग गरिने सरोकारवाला व्यक्ति भन्ने शब्दले यस
ऐन अन्तर्गत त्यस्तो सम्पत्ति अधिग्रहण गरिएको कारणबाट दिइने क्षतिपूर्तिमा हक
दावा गर्न वा सो गर्न अधिकार पाएको सबै व्यक्तिहरुलाई समेतलाई लिइनेछ ।
(ग) “घर जग्गा” भन्नाले कुनै इमारत वा त्यसको कुनै भाग, र–
(१) त्यस्तो इमारत वा त्यसको कुनै भागका लगापातको कुनै बगैंचा, जमीन र
टहरो भए त्यस्ता बगैंचा, जमीन, टहरो,
(२) अधिक लाभदायक उपभोगको निमित्त त्यस्तो इमारतसंग वा त्यसको कुनै
भागसंग जडान गरी राखिएका वस्तुहरु, र
(३) इमारतभित्र वा त्यसको कुनै भाग भित्रका जुनसुकै सरसामान, मालमत्ता
तथा साजवाजहरु समेत सम्झनु पर्दछ ।