दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अध्यागमन” भन्नाले नेपाल ………… भित्र विदेशीहरुको प्रवेश, उपस्थिति र
प्रस्थान गर्ने प्रकृया सम्झनुपर्छ ।
(ख) “विदेशी” भन्नाले तत्काल नेपालको नागरिक नभएको जुनसुकै ब्यक्ति सम्झनु
पर्छ ।
(ग) “राहदानी” भन्नाले कुनै राष्ट्रको सरकारले विदेश भ्रमणको लागि जारी गरेको
राहदानी, ट्राभल डकुमेण्ट वा यस्तै भ्रमण गर्ने स्वीकृति प्रदान गरिएको अनुमति
पत्र सम्झनु पर्छ र सो शब्दले संयुक्त राष्ट्र् संघले जारी गरेको लेसेपेसे समेतलाई
जनाउँछ ।
(घ) “भिसा” भन्नाले कुनै विदेशीलाई नेपाल …………. भित्र प्रवेश, तथा
उपस्थितिको लागि श्री नेपाल सरकारबाट दिइने अनुमति पत्र सम्झनु पर्छ ।
(ङ) “विभाग” भन्नाले नेपाल ………… भित्र विदेशीहरुको प्रवेश, उपस्थिति र
प्रस्थानलाई नियमित गर्न तथा नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई
ब्यवस्थित गर्न श्री नेपाल सरकारले स्थापना गरेको अध्यागमन विभाग सम्झनु
पर्छ ।
(च) “कार्यालय” भन्नाले ििवभाग अन्तर्गतको अध्यागमन कार्यालय सम्झनु पर्छ ।
(छ) “महानिर्देशक” भन्नाले विभागको प्रमुख सम्झनु पर्छ ।
(ज) “अध्यागमन अधिकृत” भन्नाले विभाग र कार्यालयमा कार्यरत अधिकृत सम्झनु
पर्छ र सो शब्दले कार्यालय प्रमुखलाई समेत जनाउँछ ।
(झ) “पदयात्रा” भन्नाले कुनै विदेशीद्वारा रात बिताउने गरी गरिने पैदल भ्रमण
सम्झनु पर्छ र सो शब्दले हिम शिखर आरोहण गर्न जाने विदेशीद्वारा गरिने
आधार शिविर सम्मको पैदल भ्रमण समेतलाई जनाउँछ ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको
नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।