दफा २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “केन्द्र” भन्नाले नेपाल सरकार र संयुक्त राष्ट्र संघको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (यूनेस्को) का बीच भएको सम्झौता अनुसार नेपालमा स्थापना भएको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इन्टरनेशनल सेण्टर फर इन्टेग्रेटेड माउण्टेन डेभलपमेण्ट) सम्झनु पर्छ ।
(ख) “सम्झौता” भन्नाले नेपाल सरकार र यूनेस्कोको बीच सन् १९८१ सेप्टेम्बर ३० मा पेरिसमा भएको सम्झौता सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले केन्द्रको सञ्चालनको लागि गठन भएको सञ्चालक समिति (गभर्नरहरूको वोर्ड) सम्झनु पर्छ ।
(घ) “निर्देशक” भन्नाले केन्द्रको निर्देशक (डाइरेक्टर) सम्झनु पर्छ ।
(ङ) “कर्मचारी” भन्नाले केन्द्रको निर्देशक, उपनिर्देशक, कर्मचारी, विशेषज्ञ, सल्लाहकार तथा परामर्शदाता (कन्सलट्याण्ट) लाई समेत सम्झनु पर्छ ।