Preamble
प्रस्तावना
ः नेपाल सरकार र संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनबीच भएको सम्झौता अनुसार हिन्दूकुश हिमाली क्षेत्रको पर्वतीय भेगको एकीकृत रूपले विकास गर्नको लागि अध्ययन, अनुसन्धान तथा अन्य आवश्यक काम गर्न नेपालमा एक अन्तर्राष्ट्रिय केन्द्रको स्थापना भएकोले सो केन्द्रलाई अन्तर्राष्ट्रियस्तरमा सञ्चालन हुनको लागि पूर्ण स्वशासित रूपमा काम गर्न सक्ने तुल्याउन कानुनी व्यवस्था गर्न वाञ्छनीय भएको, र सो अन्तर्राष्ट्रिय केन्द्र तथा त्यसको कर्मचारी, प्रतिनिधि तथा विशेषज्ञलाई अन्तर्राष्ट्रिय कानुनद्वारा प्रदान गरिने सुविधा तथा उन्मुक्ति उपलब्ध गराउने गरी सम्झौता भए अनुसार त्यस्तो उन्मुक्ति तथा सुविधाको सम्बन्धमा समेत कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मत्तिले यो ऐन बनाइबक्सेकोछ ।