दफा
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा –
(क) “हुलाक वस्तु” भन्नाले पत्र, पोष्ट कार्ड, पत्र–पत्रिका, पुस्तक, नमूना वस्तुको पैकेट, पार्सल र हुलाकद्वारा चलान गर्न सकिने जुनसुकै चीज वा वस्तुलाई समेत जनाउँछ ।

(ख) “हुलाक अड्डा” भन्नाले नेपाल  भित्रको एक इलाकाबाट अर्कोइलाकामा हुलाक वस्तु हुलाकद्वारा चलान गर्न नेपाल सरकारबाट खडा गरिएको हुलाक अड्डा सम्झनुपर्छ ।
(ग) “हुलाक डाइरेक्टर” भन्नाले नेपाल सरकारको हुलाक विभागको डाइरेक्टर सम्झनुपर्छ ।
(घ) “बीमा” भन्नाले हुलाकद्वारा चलान गरिंदाको अवस्थामा हराउने वा नोक्सान हुने प्रति गरिने बीमा सम्झनुपर्छ ।
(ङ) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेका नियमहरुमा तोकिएको वा तोकिए बमोजिमको सम्झनुपर्छ ।