नियम
परिभाषा

 

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यो नियमावलीमा,–

(क) “आकस्मिक कोष” भन्नाले आकस्मिक कोष ऐन, २०१६ अन्तर्गत स्थापना भएको आकस्मिक कोष सम्झनु पर्छ ।
(ख) “आकस्मिक काम” भन्नाले दैवी प्रकोप वा दुर्घटना वा आन्तरिक वा वाह्य अशान्ति वा खतरा वा यस्तै किसिमको अन्य घटनाबाट उठेको समस्याको निमित्त गर्नु पर्ने काम वा नेपाल सरकारले आकस्मिक काम भनी तोकेको काम सम्झनु पर्छ ।
(ग) “पेश्की माग गर्ने अधिकारी” भन्नाले कुनै आकस्मिक कामको निमित्त आकस्मिक कोषबाट खर्च गर्न पेश्की रकम माग गर्ने अधिकारी सम्झनु पर्छ ।