नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमहरूमाः–
(क) “बीमा वस्तु” भन्नाले खामभित्र राखिएको पत्र, करेन्सी नोट, चेक, हुण्डी, बेचबिखन गर्न हुने लिखतका हुलाक वस्तुहरू सम्झनु पर्छ ।
(ख) “हुलाक” भन्नाले यी नियमहरूको अनुसूचीमा दिइएको हुलाकहरू र हुलाक डाइरेक्टरले आवश्यकता अनुसार समय समयमा तोकिदिएको हुलाक सम्झनु पर्छ ।
(ग) “नियन्त्रक” भन्नाले नेपाल सरकारबाट नियुक्त भएको अञ्चल प्रमुख सम्झनु पर्छ ।
(घ) “डिलेभरी” भन्नाले बीमा गरिएको हुलाक वस्तु ठेगानावाला वा सो वस्तु बुझिलिने निजबाट अख्तियार पाएको वारिसलाई बुझाएमा सो ठेगानावालालाई डेलिभरी भएको सम्झनु पर्छ ।
(ङ) “ऐन” भन्नाले आन्तरिक हुलाक वस्तु (बीमा गर्ने) ऐन, २०१९ सम्झनु पर्छ ।