विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा “आवश्यक वस्तु” भन्नाले देहायको वस्तुहरू र सो साथमा रहेको वा जडान भएको अन्य वस्तुहरू समेत सम्झनु पर्छः–
(क) टेलिग्राफ, टेलिफोन,
(ख) रोपवे, रेल्वे,
(ग) राजमार्ग, मूल बाटो, पुल,
(घ) ढल, निकासको पाईप लाईन,
(ङ) नेपाल सरकार वा कुनै संस्थाले वा नेपाल सरकार वा कुनै संस्थाको इजाजत लिई बनाइएको खाने पानीको मुहान,
(च) बिजुली, विद्युत उत्पादन उपकरणहरू,
(छ) मौसम तथा जलस्रोतसम्बन्धी स्टेशनहरू,
(ज) हवाई अड्डा, हवाई अड्डाको क्षेत्र भित्र वा बाहिर रहेको संचार केबुल लाईन, एन्टेना, रेडियो संचार स्टेशनहरू, पथ प्रदर्शक, सुरक्षा, संकेत तथा यस्तै अन्य उपकरणहरू,
(झ) पेट्रोल, पेट्रोल पम्प स्टेशनहरू, फ्यूल डिपोहरू,
(ञ) सर्वसाधारणको उपयोगको पाटी, पौवा, सत्तलहरू,
(ट) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको जनुसुकै वस्तुहरू ।