नियम
परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–

(क) “ऐन” भन्नाले उच्च माध्यमिक शिक्षा ऐन, २०४६ सम्झनु पर्छ ।

(ख) “अध्यक्ष” भन्नाले सभा र परिषद्को अध्यक्ष सम्झनु पर्छ ।

(ग) “उपाध्यक्ष” भन्नाले सभा र परिषद्को उपाध्यक्ष सम्झनु पर्छ ।

(घ) “सदस्य–सचिव” भन्नाले सभा र परिषद्को सदस्य–सचिव सम्झनु पर्छ ।

(ङ) “व्यवस्थापन समिति” भन्नाले नियम ८ बमोजिमको उच्च माध्यमिक विद्यालय व्यवस्थापन समिति सम्झनु पर्छ ।

(च) “शिक्षक” भन्नाले उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्ने शिक्षक सम्झनु पर्छ ।