नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले औषधि ऐन, २०३५ सम्झनु पर्छ ।
(ख) “विभाग” भन्नाले औषधि व्यवस्था विभाग सम्झनु पर्छ ।
(ग) “व्यवस्थापक” भन्नाले विभागको प्रमुख सम्झनु पर्छ ।
(घ) “निरीक्षक” भन्नाले ऐनको दफा २३ बमोजिमको योग्यता भएको निरीक्षक सम्झनु पर्छ ।
(ङ) “विश्लेषक” भन्नाले ऐनको दफा २३ बमोजिमको योग्यता भई कुनै अनुसन्धानशाला, प्रयोगशाला, अस्पताल, औषधालय वा क्लिनिकमा औषधि विश्लेषण सम्बन्धी काम गरिरहेका व्यक्तिहरुमध्येबाट विभागले तोकेको व्यक्ति सम्झनु पर्छ ।